Bright Nepal – Nepali Films/Movies in Europe
  • Home
  • Movies
  • About
    • Privacy Policy
    • Refund and Returns Policy
  • News
  • Contact
  • Home
  • Film
  • पोर्चुगलमा नेपाली फिल्म अगस्त्य प्रदर्शन हुने

पोर्चुगलमा नेपाली फिल्म अगस्त्य प्रदर्शन हुने

  • March 20, 2024
  • Film
  • Comment off
 ब्राईटनेपालको आयोजनामा फिल्म “अगस्त्य” अप्रिल १ तारिख रुवा दो लोरेतो १५, लिस्बनमा बिहान ११ बजे प्रदर्शन हुने भएको छ ।

फिल्मको टिकट दर १० , १२ र १५ (भिआईपी ) युरो तोकिएको छ र बुकिङ्ग www.brightnepal.com बाट गर्न सकिन्छ । फिल्म र टिकट बारे थप जानकारीका लागि ९२०२१७४८६ मा सम्पर्क गर्न सकिनेछ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन बाहेक , मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ । चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो ।

नेपालबाट भारतमा बेचिने नेपाली महिलाको कथावस्तुमा निर्माण भएको चलचित्रले नेपाली बक्स अफिसमा राम्रै चर्चा कमाइरहेको छ ।  नेपालमा उत्कृष्ट प्रतिकृया बटुल्न सफल फिल्म ‘अगस्त्य’ हेर्न काठमाण्डौका मेयर वालेन आफ्नी धर्मपत्नी सहित हल सम्म पुगेका थिए । मेयर वालेनले पनि फिल्म ‘अगस्त्य’ निक्कै राम्रो रहेको भन्दै पटकथा तथा कलाकारहरुको अभिनय उत्कृष्ट भन्दै प्रशंसा गरेका थिए ।

अगस्त्य पछी रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ पनि यही अप्रिल १५ तारिख तारिख, बिहान ११ बजे प्रदर्शनमा आउँदै छ, कमेडी जनरामा निर्माण हुने सिनेमाले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित हुनेछ । नाटकले पनि यही विषय उठाएको थियो। रामबाबुले निर्माण गरेको सिनेमा ‘कबड्डी सिरिज र ‘जारी’लाई दर्शनले धेरै मन पराएका थिए ।

अगस्त्यःपोर्चुगल

Find us on Facebook

Facebook

Latest Posts

अगस्त्यः ‘मोस्ट वान्टेड’ फिल्म
Comment off Comments

अगस्त्यः ‘मोस्ट वान्टेड’ फिल्म

‘गाउँ आएको बाटो’ स्वीडेनको एजियास्टिकामा
Comment off Comments

‘गाउँ आएको बाटो’ स्वीडेनको एजियास्टिकामा

टेलर स्विफ्ट बनिन् वर्ष २०२३ की सबैभन्दा चर्चित कलाकार
Comment off Comments

टेलर स्विफ्ट बनिन् वर्ष २०२३ की सबैभन्दा चर्चित कलाकार

Tags

Berlin Film Festival Dayahang Rai Karma Shakya Min Bahadur Bham Nepal Nepali Shambala अगस्त्यः आँचल शर्मा गाउँ आएको बाटो डिग्री माइला दयाहाङ राई पोर्चुगल फिल्म महाजात्रा रामबाबु गुरुङ हरिवंश
Bright Nepal – Nepali Films/Movies in Europe Bright Nepal – Nepali Films/Movies in Europe Bright Nepal – Nepali Films/Movies in Europe

Terms of Use / Returns Policy / Privacy Policy 

Facebook Ovaicon-instagram-1 X Ovaicon-tik-tok

Newsletters

Subscribe to Bright Nepal´s newsletter
this very day.

Links

  • About
  • My account
  • News
  • Latest Events
  • Contact

Contact

  • [email protected]
  • +351 920 670 960
  • www.brightnepal.com
  • Praça 8 de Maio Nº21-2 3000-300, Coimbra, Portugal

© Copyright 2024 by Bright Nepal Entertainment

x